Pura Samachar

सुनको मूल्य घट्यो

प्रकाशित: April 20, 2022
पूरा समाचार

सुनको मूल्य घट्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १५ सयले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया