
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड इन सर्विस डाक्टर एसोसिएशनले आफ्नो विभिन्न माॅगहरू सरकारलाई राखे पश्चात सरकार द्वारा पूरा नगरेको बावजूदमा गतः तीन दिन देखि चली राखेको सिज वर्क स्ट्राइकलाई चाँडो भन्दा चाँडो समाप्त गरेर ठोस कदम उठाउन सरकारलाई अपील गरेको छ ।
नागा मादर एसोसिएसन द्वारा जारी विज्ञप्ति अनुसार सरकारले समयमा सीएमओ देखि तलका कर्मचारीहरूलाई समयमा तलब नदिएको तथा अन्य मागहरू समेत पूरा नगरेको कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि यथाशीघ्र केबिनेटको बैठक राखी सरकारले ठोस निर्णय नलिएको खण्डमा मादर एसोसिएशनले गणतान्त्रिक रूपमा अलग्गै पाइला उठाउने कुरा पनि गरेको छ ।
हेर्दै जाऔ सरकारले कस्तो निर्णय लिन्छ त्यो त आउने भविष्य नै बताउला ।
स्मरण रहोस् गतः सातादेखि नागालैंड इन सर्विस डाक्टर एसोसिएशन हडताल गर्दै आएको छ ।
प्रतिक्रिया