Pura Samachar

आज आईपीएलमा दुई खेलहरु हुँदै,पहिलो खेल कोलकत्ता र गुजरात भिड्ने

प्रकाशित: April 23, 2022
पूरा समाचार

आज आईपीएलमा दुई खेलहरु हुँदै,पहिलो खेल कोलकत्ता र गुजरात भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।

शनिबार हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ। मुम्बईमा हुने दुई टोलीबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

कोलकत्ता आज चौंथो जित निकाल्ने योजनामा रहेको छ ।

कोलकत्ता ७ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

गुजरात छैटौं जितको खोजीमा रहेको छ ।

गुजरात ६ खेल १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो स्थान रहेको छ ।

हैदरावाद ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया