Pura Samachar

देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१७ जना संक्रमित निकाे, २८३ सक्रिय संक्रमित

प्रकाशित: April 23, 2022
पूरा समाचार

देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१७ जना संक्रमित निकाे, २८३ सक्रिय संक्रमित

देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ९४७ जनाको परीक्षण गरिएको थियो।

३ हजार ६९१ जनाको पिसिआर र १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै १७ जना संक्रमित डिस्चार्ज भइसकेका छन्।देशभर अझै २८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया