Pura Samachar

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने

प्रकाशित: April 25, 2022
पूरा समाचार

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने

काठमाडौं, बैशाख १२। नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै २८ दिने र ९१ दिन गरी गरी दुई किसिमको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

ट्रेजरी बिलका लागि भने सोमबार दिउँसो ३ बजेसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।

सार्वजनिक बोलकबोलमार्फत बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत बिना प्रतिस्पर्धात्मक प्रणालीमार्फत वितरण गरिने बैंकले जनाएको छ

प्रतिक्रिया