Pura Samachar

एसी मिलान पुन :शीर्ष स्थानमा

प्रकाशित: April 25, 2022
पूरा समाचार

एसी मिलान पुन :शीर्ष स्थानमा

काठमाडौं । एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा लाजियोलाई २-१ गोल अन्तरले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

लाजियोको मैदानमा एक गोलको अग्रता उल्टाएर मिलानले जित निकालेको हो ।

खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५० औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा सान्ड्रो टोनालीले गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।

जितसँगै मिलनले ३४ खेलमा ७४ अंक जोडेको छ ।

लाजियो ५६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया