Pura Samachar

चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण

प्रकाशित: August 27, 2020

चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण

चितवन । चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० र अन्य जिल्लाका ६ जना छन् ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ८ पुरुष र ८ महिला र  रत्ननगर नगरपालिकाका तीनजना  पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै अन्य संक्रमित हुनेमा नवलपुर जिल्लाका तीन, सर्लाहीका दुईजना र तनहुँका एकजना छन् ।

संक्रमित सबैको स्वाब अस्पतालको स्वाब संकलन केन्द्रबाट लिइएको हो । प्रयोगशालामा १५५ जनाको कोरोना परीक्षण गरिएको मध्ये १२९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया