Pura Samachar

ललितपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जनले मेयरका लागि मनोनयन दर्ता

प्रकाशित: April 25, 2022
पूरा समाचार

ललितपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जनले मेयरका लागि मनोनयन दर्ता

काठमाडौं । ललितपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जनले मेयरका लागि मनोनयन दर्ता गराएका छन् ।

केहीबेर अघि मात्र महर्जनको पार्टी नेपाली कांग्रेसले उनलाई टिकट दिएपछि उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा उमेदवारी दर्ता गराएका हुन् ।

ललितपुरमा निर्वाचन गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)ले टिकट बाँडफाँट गरेको थियो ।

महर्जन २०७४ सालको स्थानीय तह निर्वाचनबाट मेयरमा विजयी भएका थिए ।

प्रतिक्रिया