Pura Samachar

चार प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना

प्रकाशित: April 26, 2022
पूरा समाचार

चार  प्रदेशमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना

काठमाडाैं । मंगलवार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रहनेछ र देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ  ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मंगलवार राती देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने ।

गण्डकी प्रदेशको पहाडी भूभागका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया