कास्कीको पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड– १९ उपचार केन्द्रमा बिहीबार बिहान कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
पोखरा उपमहानगरपालिका–११ की ३२ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
रुपन्देहीको बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा कपिलवस्तु तौलिहवाका ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
उनको बुधबार राति १०ः५५ बजे उपचारका क्रममा मृत्यु भएकोे अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले जानकारी दिए ।
संक्रमित पुरुषलाई भदौ ५ गते श्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया