Pura Samachar

चिडियाखानाका जनावरलाई नेपाल टेलिकमले एक वर्षसम्म आहारको व्यवस्था गर्ने

प्रकाशित: April 26, 2022
पूरा समाचार

चिडियाखानाका जनावरलाई नेपाल टेलिकमले एक वर्षसम्म आहारको व्यवस्था गर्ने

काठमाडौं, बैशाख । चिडियाखानाका जनावरलाई नेपाल टेलिकमले एक वर्षसम्म आहारको व्यवस्था गर्ने भएको छ । टेलिकमले राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको हो ।

यस सम्बन्धी सम्झौता पत्रमा आइतबार टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र चिडियाखानाको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए ।

सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ ।

प्रतिक्रिया