
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि एक मात्र खेल हुने भएको छ ।
आज हुने एक मात्र खेलमा लिग राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ ।
राजस्थान अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने बैङ्गलोर पाँचौ स्थानमा रहेको छ । यसअघि, गयराति भएको खेलमा पञ्जाव किङ्सले जित हात पारेको छ ।
मुम्बईको वान्खेडे स्टेडियममा भएको खेलमा पञ्जावले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराउँदै जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ८७ रन बनायो ।
१ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । जारी प्रतियोगितामा पञ्जावको यो चौथो जित हो ।
जितसँगै पञ्जाव अङ्क तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पञ्जावले ८ खेलमा ८ अङ्क जोडेको छ । नवौं स्थानको चेन्नईको यो छैटौं हार हो । चेन्नईले ८ खेलमा जम्मा ४ अङ्क जोडेको छ ।
प्रतिक्रिया