Pura Samachar

देशभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,२६१ जना सक्रिय संक्रमित

प्रकाशित: April 26, 2022
पूरा समाचार

देशभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,२६१ जना सक्रिय संक्रमित

पछिल्लो २४ घन्टामा देशभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १० जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

चार हजार ६४ जनाको पिसिआर र एक हजार १६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २६१ जना सक्रिय संक्रमित छन्।मंगलबार १८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया