Pura Samachar

आज गुजरात टाइटन्स र सनराईजर्स हैदरावाद खेल्दै

प्रकाशित: April 27, 2022
पूरा समाचार

आज गुजरात टाइटन्स र सनराईजर्स हैदरावाद खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।

बुधबार हुने खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

नवप्रवेशी टोली गुजरात आज सातौं जितको खोजीमा रहेको छ ।

उत्कृष्ट प्रदर्शन गरिरहेको गुजरात ७ खेलमा १२ अंक जोडेर दोस्रो  स्थानमा रहेको छ ।

हैदरावादलाई हराएर गुजरात शीर्ष स्थानमा उक्लन चाहन्छ ।

यस्तै गुजरात पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

यस अघिको भेटमा हैदरावादले गुजरातलाई ८ विकेटले हराएको थियो ।

हैदरावाद भने लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।

हैदरावाद ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया