
काठमाडौँ / बिहीबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, यसअघि प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज ९७ हजार ५०० रुपैयाँमा झरेको छ । यसैगरी आज चाँदीको मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया