
एजेन्सी – विश्व क्रिकेटका स्टार अलराउन्डर बेन स्टोक्स इंग्ल्यान्डको नयाँ टेस्ट कप्तानमा नियुक्त भएका छन् । अघिल्लो महिना नियमित कप्तान जो रुटले कप्तानी छाडेपछि इंग्ल्यान्डले ८१ औं टेस्ट कप्तानको रुपमा बेन स्टोक्सलाई नियुक्त गरेको हो
स्टोक्सले इंग्ल्यान्डको टेस्ट कप्तानी गरि सकेका छन् । २०२० मा कोरोना महामारीपछि पहिलो पटक भएको अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्टइन्डिजसँग तीन टेस्ट सिरिज अन्तर्गत पहिलो खेलमा कप्तानी गरेका थिए । रुटले आफ्नो दोस्रो सन्तानको कारण पहिलो टेस्ट गुमाएका थिए ।
स्टोक्सले सिमित ओभरमा नेतृत्व सम्हाल्लि सकेका छन् । गतवर्ष पहिलो रोजाईको टोलीमा कोरोना लागेपछि स्टोक्सले पाकिस्तानसँगको तीन ओडिआई र तीन टि२० आईमा कप्तानी गरेका थिए । त्यस समय इंग्ल्यान्डले नौं अनक्याप्ड खेलाडीको साथ ओडिआईमा सानदार क्लिनस्विप गरेको थियो । टि२० आई सिरिज २–१ ले जितेको थियो । स्टोक्स इंग्ल्यान्डको टेस्टमा उपकप्तानको भूमिका निर्वाह गर्दै आएका छन् ।
सन् २०१९ मा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जित्दा स्टोक्सको योगदान महत्वपूर्ण थियो । स्टोक्सले विश्व क्रिकेटमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । आक्रामक स्वभावका हुँदा कप्तानीमा पनि परिवर्तन ल्याउने अनुमान गरिएको छ । तर टेस्टमा पछिल्लो समय इंग्ल्यान्डको स्तर खस्किदो हुँदा सहज भने हुने छैन ।
गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच एसेज सिरिजमा ४–० को हार र वेस्टइन्डिज मार्चमा तीन टेस्ट सिरिज १–० ले गुमाएपछि रुटले कप्तानी छाडेका थिए । रुटले पाँच वर्षमा ६४ टेस्ट खेलमा कप्तानी गर्दा २७ मा जित दिलाएका थिए । जुन इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक खेल जित्ने कप्तान हुन् । पछिल्लो पाँच वर्षमा रुटले सानदार प्रदर्शन गर्दै आएका छन् ।
रुट एलिष्टर कुकपछि इंग्ल्यान्डमा टेस्टमा सर्वाधिक रनकर्ता हुन् । रुटको कप्तानीमा २०१८ मा इंग्ल्यान्डले भारतसँगको पाँच टेस्ट सिरिज ४–१ ले जितेको थियो । २०२० का दक्षिण अफ्रिकालाई ३–१ ले हराएको थियो । २०२१ मा घरेलु टोली श्रीलंकालाई दुई टेस्टको सिरिजमा क्लिनस्विप गरेको थियो । इंग्ल्यान्डले अव जुन पहिलो साता न्युजिल्यान्डसँग तीन टेस्ट खेल खेल्नेछ । पहिलो टेस्ट जुन २ मा लर्ड्समा सुरुहुनेछ ।
प्रतिक्रिया