
काठमाडौँ — श्रीलंकाका राष्ट्रपति गोताबाया राजापक्ष प्रधानमन्त्री रहेका आफ्ना दाइ महिन्दा राजापक्षलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका छन् । आर्थिक संकटपछि श्रीलंकामा उत्पन्न भएको राजनीतिक संकट समाधानका लागि गठन गर्न लागिएको अन्तरिम सरकारमा महिन्दालाई हटाउन राष्ट्रपति सहमत भएका हुन् ।‘राष्ट्रपति गोताबाया राजापक्ष संसद्मा रहेका सबै राजनीतिक दल सहभागी हुने राष्ट्रिय परिषद् गठन गर्न र नयाँ प्रधानमन्त्री बनाउन तयार भएका छन्,’ सांसद मैथ्रिपाला सिरिसेनाले भने।बढ्दो वैदेशिक ऋण, श्रृङखलावद्ध लकडाउन, बढ्दो मुद्रास्फ्रिति, इन्धनको अभाव, विदेशी मुद्राको कमी, मुद्राको अवमूल्यनसहितको विषयले श्रीलंकाको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ। श्रीलंकाले यसै वर्षभित्र ७ अर्ब अमेरिकी डलरको वैदेशिक ऋणको भुक्तानी गर्नुपर्ने छ भने २०२६ सम्ममा २५ अर्ब अमेरिकी डलर ऋण तिर्नुपर्ने छ। तर विदेशी मुद्राको सञ्चिति भने १ अर्ब अमेरिकी डलर भन्दा कम रहेको छ। श्रीलंकाको अर्थतन्त्र कोरोना महामारी सुरु हुनु अघिदेखि नै संकटमा रहेको थियो र लकडाउनले अनौपचारिक क्षेत्र नराम्रोसँग प्रभावित बनायो। देशको ६० प्रतिशत रोजगारी अनौचापरिक क्षेत्रमा रहेको थियो।
प्रतिक्रिया