Pura Samachar

ललितपुरका नरसिंह व्यञ्जनकार११औं पटक वडाध्यक्ष हुने तयारीमा

प्रकाशित: April 29, 2022
पूरा समाचार

ललितपुरका नरसिंह व्यञ्जनकार११औं पटक वडाध्यक्ष हुने तयारीमा

ललितपुर- ११औं पटक वडाध्यक्ष हुने तयारीमा रहेका ललितपुर महानगरपालिका–१० का नरसिंह व्यञ्जनकारलाई राति दुई बजे नै निद्राले छाडिसक्छ। आफ्नै वडाको सेरोफेरोमा दैनिकी व्यतित गर्ने व्यञ्जनकारको सुरुवात राति तीन बजे घरमै गर्ने प्रार्थनाबाट सुरु हुन्छ। ज्वागलमा उनको घर छ। आठ बजे खाना आएर घरबाट निस्कने उनी आजभोली वडाबासीसँग कुराकानी गर्न व्यस्त छन्।

२०२९ देखि निरन्तर वडाध्यक्ष जित्दै आएका उनलाई चुनावी चटारो उतिसारो लागिसकेको छैन। विभिन्न दलका उम्मेदवार प्रचारप्रसारमा खटिइसकेका छन्। तर, ८१ वर्षीय व्यञ्जनकारलाई भने तामझामसहितको प्रचारप्रसारमा विश्वास लाग्दैन। तामझाम बिना नै १० पटक चुनाव जितिसकेका उनी यसपालि पनि भव्य कार्यक्रम नगर्ने सोचमा छन्। यद्यपि छोरा र समर्थकको साथमा घरदैलो गर्ने उनको सोच छ।

‘म स्वतन्त्र उम्मेदवार हुँ। त्यसकारण पनि आफ्नो चुनाव चिन्ह र एजेन्डाका बारेमा जानकारी दिन भएपनि प्रचार–प्रसार गर्नै पर्छ,’ बिहीबार आफ्नै वडामा भेटिएका व्यञ्जनकारले भने, ‘सबैतिर पुग्न सक्दिनँ होला। छोराहरुले सहयोग गर्छन्।’

उनका दुई जना छोरा छन्। अघिल्लो पटक दुवै जनाले प्रचारप्रसारमा सहयोग गरेका थिए। तर, यसपटक भने कान्छो छोरा आफ्नो प्रचारमा नहिड्ला कि भन्ने आशंका उनको मनमा उब्जिएको छ। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहका समर्थक हुन्। ‘योपाली कान्छोले भ्याउँदैन होला। काठमाडौंमा मेयर उठेका बालेन शाहको पछिपछि दौडेको छ,’ उनले हाँस्दै सुनाए, ‘बालेन म कहाँ पनि आइरहन्छन्। आर्शिवाद माग्छन्। निकै टाठो रहेछ केटो। संगीतमा पनि चर्चित छ रे।’

‘म स्वतन्त्र उम्मेदवार हुँ। त्यसकारण पनि आफ्नो चुनाव चिन्ह र एजेन्डाका बारेमा जानकारी दिन भएपनि प्रचार–प्रसार गर्नै पर्छ,’ बिहीबार आफ्नै वडामा भेटिएका व्यञ्जनकारले भने, ‘सबैतिर पुग्न सक्दिनँ होला। छोराहरुले सहयोग गर्छन्।’

वडा नम्बर १० लाई दसैपटक नेतृत्व गरेका व्यञ्जनकारले ८ दशक टेक्दा ५ दशक त वडाको नेतृत्व मात्र गरेका छन्।  निरन्तरको जित, बढ्दो उमेर र फेरि उम्मेदवारी दर्ता गराएपछि उनको चर्चा चुलिएको छ।

प्रतिक्रिया