Pura Samachar

निषेधाज्ञाको एक घन्टा पनि निरर्थक बनाउनु सर्वसाधारणको जीवनसंग खेलवाड हो..

प्रकाशित: August 28, 2020

निषेधाज्ञाको एक घन्टा पनि निरर्थक बनाउनु सर्वसाधारणको जीवनसंग खेलवाड हो..

-डा.डी.आर.उपाध्याय

निषेधाज्ञा वा लकडाउनको एक-एक दिन सर्वसाधारण जनताका लागि दुश्कर बन्दै गएको छ !विशेषगरि दैनिक ज्यालादारी गरि आफ्नो र परिवारको भरणपोषण गर्नेहरूको अवस्था दयनिय बन्दै गएको छ!तर आफ्नो र सारा देशका जनताको जीवन रक्षाका लागि “विशेष केही गर्न”राज्यले यो बाध्यात्मक कदम चालेको भन्ने सोचेर सबैले सरकारको साथ दिइरहेका छन!वास्तवमा विश्वब्यापि महामारी कोरोना भाइरस संगको लामो लडाइको सामना गर्नको लागी विशेष तयारी गर्ने अभिप्राय राखेर नै विभिन्न रास्ट्रका सरकारले लकडाउन वा निषेधाज्ञाको सहारा लिने गरेका छन!यश अवधिमा व्यवस्थित क्वारेन्टाइन,आइसोलेसन केन्द्रको निर्माण ,भेन्टिलेटरको जोहो,कोरोनाकै उपचार हेतु अस्पतालहरुको व्यवस्था,आवस्यक स्वास्थकर्मी को तैनाती आदितर्फ संबेदनसिल भएर राज्य संयन्त्र लाग्नुपर्ने मानसिकता राखेर लकडाउन वा निषेधाज्ञा गरिन्छ!कोरोना भाइरस को चपेटामा अधिकान्स रास्ट्रले यस्तै उपाय अवलम्बन गरेका कारण उनिहरु सम्भावित क्षतिलाई न्यून गर्न सफल पनि भएका छन!
तर विडम्बना के छ भने कोरोना भाइरस संक्रमण को सामना गर्ने विश्व परिदृश्यबाट हाम्रा संयन्त्रले कुनै पाठ सिकेनन!यसको सबैभन्दा कटु एवं लज्जाजनक प्रमाण हो रेड जोनमा परिसकेको नेपालगन्जमा भेन्टिलेटर खरिद गर्नका लागि छुट्याइएको करिब डेढ करोड रुपैयाको बजेट फ्रीज हुनु!चरम लापरबाहीको यो घटना निमित्त मात्र हो!करिव साढे चार महिनाको लामो देशव्यापी लकडाउनका बीच कोरोना भाइरस संक्रमण न्यूनीकरण वा रोकथाम गर्न हामिले उल्लेखनिय के- के तयारी गर्यौं भन्ने प्रश्न कसैले राख्दा अत्यन्त निराश एवं खेदजनक उत्तर हामीले पाउछौं!एउटा निकायले अर्कोमाथी दोषारोपन गरेर आफू उम्कन खोज्ने प्रवृत्ति बढी देखिन्छ !
कोरिना भाइरस संक्रमण भयावह रुपमा बढन थालेपछि उपत्यका तिनै जिल्लामा भदौ 3गते रातिदेखि लगाइएको निषेधाज्ञा १७ गते मध्येरात सम्म लम्ब्याइएको छ !तर यसबीच समूहगत परिक्षण नगरी निषेधाज्ञाको एक साता बितेकोमा तिनवटै जिल्ला का प्रमुख जिल्ला अधिकारिले निराशा व्यक्त गरेका छन!उनिहरुका अनुसार कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा ,समुहगत परिक्षण र कन्ट्याक्ट् ट्रेसिङ सङ्सङै हुनुपर्नेमा स्वास्थ मन्त्रालय र स्थानीय तहले अग्रसरता देखाएनन!यसो नगरिए निषेधाज्ञाको अर्थ छैन !
यसैबीच अरु रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु भएको जनस्वास्थ्यविदको भनाइ छ !अर्कोतिर सार्क मुलुक मध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ !यश अवस्थामा सरकारले कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा अझैपनि युद्धस्तरमा अग्रसरता देखाउनु आवस्यक छ !कोरोना रोकथाम तथा उपचारकै निम्ति भनेर अन्तरास्ट्रिय मुद्राकोष,बेलायत आदि रास्ट्रबाट प्राप्त अर्बौं रुपैया तथा स्वदेशमै संकलन भैरहेको रकम सदुपयोग गर्दै अघि बढनुपर्ने आवस्यकता छ !लकडाउन वा निषेधाज्ञाको एकघन्टालाई पनि अर्थहीन बनाउनु सर्वसाधारण जनतासंग खेलबाड गर्नु तथा विपन्नहरुको जीवन अझै कष्टकर बनाउनु हो!

प्रतिक्रिया