Pura Samachar

आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स खेलहुँदै

प्रकाशित: May 1, 2022
पूरा समाचार

आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स खेलहुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ ।

आइतबार हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

आज दिल्ली पाँचौं जितको खोजीमा रहेको छ ।

दिल्ली ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस्तै दिल्ली लखनउविरुद्ध अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

यस अघिको भेटमा लखनउले दिल्लीलाई ६ विकेटले हराएको थियो ।

लखनउ दिल्लीविरुद्धको जितलाई कायम राख्न चाहन्छ ।

लखनउ ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ ।

प्रतिक्रिया