Pura Samachar

काठमाडौंमा एउटै तरकारीको मूल्य : कतै किलोको ७५ रुपैयाँ, कतै १८०

प्रकाशित: August 28, 2020

काठमाडौंमा एउटै तरकारीको मूल्य : कतै किलोको ७५ रुपैयाँ, कतै १८०

काठमाडौं । निषेधाज्ञाले राजधानीमा तरकारीको मूल्य व्यापाक असमानता सिर्जना गरेको छ । एउटै तरकारीको मूल्य पसलबीचमा किलोको ९५ रुपैयाँसम्मको अन्तर रहेको पाइएको हो ।

वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको तरको खुद्रा मूल्य अध्ययनमा एउटै तरकारीको मूल्य किलोको १७० रुपैयाँसम्मको अन्तर रहेको पाइएको हो । विभागले बिहीबार राजधानीका विभिन्‍न ३३ स्थानका तरकारीको खुद्रा पसलबाट मूल्य संकलन गरेको हो ।

अध्ययनमा आलु धार्नीको १५० देखि १९० रुपैयाँसम्म बिक्री भएको पाइएको छ भने राम्रो आलु धार्नीको १७५ देखि २१० रुपैयाँसम्म मूल्य कायम गरिएको छ । यस्तै प्याज किलोका ४० देखि ६० रुपैयाँमा बिक्री भएको विभागको अध्ययनमा देखिएको छ ।

अध्ययनसार तरकारीमा बोडीको मूल्यमा सर्वाधिक अन्तर छ । बोडी कतै किलोको ७५ रुपैयाँमा बिक्री भएको छ भने कतै किलोको १ सय ८० रुपैयाँसम्म पनि बेचेको पाइएको छ । यस्तै रायको साग कतै २५ रुपैयाँमा पाइन्छ भने कतै १ सय २० रुपैयाँसम्म पर्छ ।

खुर्सानीका मूल्यमा पनि व्यापक अन्तर छ । खुर्सानी किलोको सय रुपैयाँदेखि २ सय ७० सम्ममा बेचेको पाइएको छ ।करेला ४० देखि १ सय २० सम्म बिक्री हुने गरेको अध्ययनले देखाउँछ ।

कुन तरकारीको मूल्य कति ? (न्युनतमदेखि अधिकतमसम्म रुपैयाँमा)

आलु : १५० देखि १९०

आलु राम्रो : १७५ देखि २१०

गोलभेडा : ५० देखि १२०

काउली : १०० देखि १६०

बन्दा : ४५ देखि ९०

बोडी : ७५ देखि १८०

भिन्डी : ७० देखि १२०

रायोको साग : २५ देखि १२०

फर्सी : ५० देखि ११०

काँक्रो : ४० देखि ११०

खुर्सानी : १०० देखि २७०

भान्टा : ६० देखि ११०

करेला : ४० देखि १२०

सिमी : १०० देखि १६०

परबर : ८० देखि १२५

घिरौंला : ४० देखि ९०

लौका : ६० देखि ९०

इस्कुस : ५० देखि ७५

क्याप्सिकम : ६० देखि १७५

चिचिन्डो : ६० देखि ७०

कागती : १८० देखि ३५०

पाकेको फर्सी : ५० देखि ९०

लसुन : १८० देखि १२०

मुला : ५० देखि ९०

टुसा : ५० देखि ६०

तामा : १३० देखि १५०

अदुवा : १५५ देखि २२०

निगुरो : ३० देखि ३५

राजमा हरियो : ५० देखि ९०

भटमास : १०० देखि १२०

च्याउ : १८० देखि २००

चुकुन्दर : ५५

फर्सिको मुन्टा : २०

कुरिलो टुसा : ६००

प्रतिक्रिया