Pura Samachar

सशस्त्र प्रहरी महानिरीक्षक सम्बन्धमा कुनै निर्णय भएको छैन

प्रकाशित: May 1, 2022
पूरा समाचार

सशस्त्र प्रहरी महानिरीक्षक सम्बन्धमा कुनै निर्णय भएको छैन

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी आजदेखि बिदा भएका छन् । ३२ वर्षे सेवाअवधि लागु गर्नका लागि दौडधुपमा रहेका केसीको कार्यकाल आजदेखि सकिएको छ ।

तर सरकारले महानिरीक्षकसम्बन्धमा कुनै निर्णय नगरेको एक मन्त्रीले जानकारी दिए ।

“सशस्त्र प्रहरी सम्बन्धमा कुनै निर्णय भएको छैन,” स्रोतले भन्यो, “यसअघि निर्णय भयो भनेर जानकारी गराइएको रहेछ । तर त्यो गलत थियो ।”

सरकारले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक राजु अर्याललाई महानिरीक्षक बनाएको स्रोतले बाह्रखरीलाई पनि जानकारी दिएको थियो ।

तर उक्त समाचार गलत पुष्टि भएकाले क्षमायाचनासहित सच्याइएको छ ।

प्रतिक्रिया