Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: May 2, 2022
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ ।

आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया