काठमाडौं । नेपाली कांग्रेसका सांसद् तथा अर्बपति व्यवसायी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको जानकारी गराएका हुन् ।
“आजै बिहान पीसिआर परीक्षणको रिजल्ट आयो”, चौधरीले लेखेका छन्, “मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।”
चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन् ।
प्रतिक्रिया