
चीनमा कोरोना सङ्क्रमणको दर बढ्ने क्रम अझै जारी रहँदा सरकारले नयाँ नियम लागू गरेको छ ।
अबदेखि सार्वजनिक स्थानमा जानका लागि कोरोना सङ्क्रमण नभएको रिपोर्ट लिएर मात्रै जान पाइने चीन सरकारले बताएको छ ।
चीनको राजधानी बेइजिङमा यो नियम लागू गरिएको हो । लगातार बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ ।
तर, अझै सङ्क्रमण दरमा भने कमी आउन सकेको छैन । बेइजिङमा कोरोनाको जोखिमलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको हो ।
प्रतिक्रिया