Pura Samachar

इदुलफित्रका अवसरमा आज सार्वजनिक बिदा

प्रकाशित: May 3, 2022
पूरा समाचार

इदुलफित्रका अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं-  इस्लाम धर्मावलम्बीको चाड इदुलफित्रका अवसरमा मंगलबार सार्वजनिकबिदादिनेनिर्णय गरेकोमन्त्रालयलेजानकारी दिएको छ।

मुस्लिम आयोगको सिफारिसमा आज बिदा दिइएको हो। इदुलफित्रमा इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गरिन्छ।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान सोमबार सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्ति दिनमा निराहार बस्छन्। रोजा (ब्रत) बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्। इदुलफित्रसँगै रोजाको शृंखला समापन हुन्छ।

प्रतिक्रिया