Pura Samachar

आज गुजरात टाइटन्स र पञ्जाब किङ्स हुँदै

प्रकाशित: May 3, 2022
पूरा समाचार

आज गुजरात टाइटन्स र  पञ्जाब किङ्स हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्रै खेल हुने भएको छ ।

आज हुने एक मात्रै खेलमा गुजरात टाइटन्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

डा.डीवाई पाटील स्पोर्ट्स एकेडेमीमा हुने आजको खेल साँझ ७ ः ४५ मा सुरु हुनेछ । यसअघि, हिजो भएको खेलमा कोलकत्ता नाइट राइडर्सले जित हात पारेको छ ।

मुम्बईको वान्खेडे स्डेडिममा भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै जित हात पारेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनायो । १ सय ५३ रनको लक्ष्य पाएको कोलकत्ताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । जितसँगै कोलकत्ताले १० खेलमा ८ जोडेको छ ।

कोलकत्ता सातौं स्थानमा रहेको छ । राजस्थान भने १० खेलमा १२ अङ्क जोडेर तेस्रो स्थान रहेको छ ।

प्रतिक्रिया