Pura Samachar

पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु

प्रकाशित: May 4, 2022
पूरा समाचार

पर्यटक बोकेको गाडी   र   जिप ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडौं– काभ्रेको रोशी गाउँपालिका–११ बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ। 

भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो। मृत्यु हुने सबै नेपाली हुन्।

दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया