Pura Samachar

विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ऋण सहयोग दिने

प्रकाशित: May 5, 2022
पूरा समाचार

विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ऋण सहयोग दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ( करिब १८ अर्ब ३१ करोड रुपैयाँ) बराबरको ऋण सहयोग दिने भएको छ ।

बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व तथा सुदृढीकरणमा सहयोग गर्ने गरी उक्त रकम उपलब्ध गराउने भएको हो ।

बुधबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

‘वृद्धिका लागि वित्त’ विषयक यस सहयोगले मुलुकको समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया