Pura Samachar

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा,रियलले उपाधिका लागि लिभरपुलको सामना गर्ने

प्रकाशित: May 5, 2022
पूरा समाचार

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा,रियलले उपाधिका लागि लिभरपुलको सामना गर्ने

एजेन्सी – खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गर्दै स्पेनिस क्लब रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पूनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो ।

तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गर्दै सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई फाइनलको बाटो देखाए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल फर्काए ।

अब रियलले उपाधिका लासग २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुलले मंगलबार राति स्पेनिस क्लब भिल्लारियललाई समग्रमा ५–२ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया