Pura Samachar

आईजीपी नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकियाे

प्रकाशित: May 5, 2022
पूरा समाचार

आईजीपी नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकियाे

नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।

आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नु भएकाे थियाे। उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो ।

उक्त रिटमाथि आज पाँच जना अधिवक्ताहरूले बहस गरेका थिए । बहस सकिएपछि आजै आदेश आउने अनुमान गरिएको छ । बुधबारदेखि सुरु भएको सुनुवाइ पहिलो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गर्नु भएकाे थियाे । एआईजी पोखरेलले समेत बहस गर्नु भएकाे थियाे ।

गत आईतबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै पहिलो वरियतामा रहनु भएका पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नु भएकाे थियाे ।

प्रतिक्रिया