Pura Samachar

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१५ जनामुक्त

प्रकाशित: May 5, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१५ जनामुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८११ परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार कोरोनाको संक्रमणबाट १५ जनामुक्त भएका छन् भने २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाको कारण ० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया