Pura Samachar

दिल्ली क्यापिटल्सकाे पाँचौं जित

प्रकाशित: May 6, 2022
पूरा समाचार

दिल्ली क्यापिटल्सकाे पाँचौं जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले  जित निकालेको छ ।

मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको हो ।

दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाउन सक्यो ।

हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एडिन मार्रक्रमले ४२ रन जोड्दा राहुल त्रिपाठीले २२ रन जोडे ।

 

दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो।

दिल्लीका लागि डेभिड वार्नरले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ खेले । रोभम्यान पावेलले ६७ रनको अर्धशतकीय इनिङ खेल्दा ऋषव पन्तले २६ रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १/१ विकेट लिए ।

 

यस जितसँगै दिल्ली पाँचौं स्थानमा उक्लिएको छ ।

दिल्लीले १० खेलमा १० अंक जोडेको छ ।

हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको

प्रतिक्रिया