प्रत्येक वर्ष विश्व वातावरण दिवससँगै हजारौको संख्यामा विरुवा रोपिदै आएको छ। यो कार्यक्रमको शैली र ढाँचा आधा शताव्दी देखि कुनै पनि परिर्वतन भएको देखिदैन। वातावरण दिवशलाई कर्मकाण्डी बनाउन या कर्मचारीको प्रबृत्ति किन फेरिदैन कार्यक्रमका शैली। रोपिएका विरुवा ५ प्रतिशत हुर्किएको भए सायद नेपालमा वन क्षेत्र ४४ प्रतिशत होइन ८० प्रतिशत बढी हुने थियो।
नदी किनार, खुल्ला क्षेत्र र वन नजिकका क्षेत्रमा प्रत्येक वर्ष बृक्षरोपण गरिदै आएको छ। वन मन्त्रालयको तथ्याङकहरु हेर्दा विरुवा उत्पादन र वृक्षरोपणले खुल्ला क्षेत्र सायदै बाँकी नहुनु पर्ने देखिन्छ। तर विरुवा उत्पादन र वृक्षरोपण कर्मचारी वर्गका लागि कमाउनका लागि छुट्याइन बजेट जस्तो भएको छ भन्दा फरक नपर्ला । सडक विभागकै तथ्याङक हेर्दा काठमाडौं उपत्यकाका सबै सडक किनारमा विरुवा रोपिएको छ। तर ति विरुवा देखिदैनन् भने रोपिएका मध्ये पनि ४ फिट भन्दा अग्लो नहुने प्रजातिका रोपिएका छन्।
यसरी हरियो वन नेपालको धन हिजो आज ४४ प्रतिशतमै सिमित भएको छ। बिरुवा रोप्ने की उम्रिएका विरुवाको संरक्षण गर्ने भन्ने बारे सोच्ने वेला आएको छ। नेता र कार्यकर्ता, मन्त्री देखि राष्ट्रपति समेतले रोपिएका विरुवामा पानी लगाएर कर्मकाण्डी दिवश मनाउने प्रचलनलाई रुप परिर्वतन गर्ने सोच राखेको पाइदैन। तर यसरी शताव्दी अघिको फेसन जस्तो दिवश आउने दिनमा परिर्वतन गर्नु जरुरी छ।
वातावरण संरक्षणका लागि प्रत्येक वर्ष दिवसको अवसर पारेर जुन ५ तारिखका दिन समाजले सफाइ, वृक्षरोपणलगायत कार्यक्रम गर्दै आएको छ । वर्षो देखि नीम, पिपल, सिसम, तुलसी, मसला, सागोन, अमला, जामुनलगायत बिरुवा रोपिएको भने पनि उत्पादनमा शुन्यनै छ।
प्रतिक्रिया