
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यको स्वास्थ्य सेवा विभाग द्वारा जारी एउटा विज्ञप्ति अनुसार नागालैंड राज्य अंर्तगत चलाइरहेका शीशा र पावर गिलासका दोकानहरू यानी ओपटिकल (optical ) का दोकानहरू चाॅडै नै बंद गरिनुपर्ने निर्देश दिएको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि राज्यमा कुनै पनि दोकानहरूमा नेत्र संबंधित विशेषज्ञ नरहेको र ओपटिकल यानी पावर गिलासहरू त्यसै बिक्री गरि रहेको कुरा पनि जानकारीजानकारीमा आएको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि यसले गर्दा आम जनताका ऑखाहरू भने बिग्रन गएको र भविष्यमा नेत्र संबंधित गंभीर खतरा पैदा हुने कुरा पनि जनाएको छ ।
सरकारको स्वास्थ्य सेवा विभागले कोहिमा म्युनिसिपल काउन्सिललाई बताए अनुसार आगामी दिनहरूमा यस्तै लापरबाहीका साथ बेची रहेका चश्मा र पावर गिलासका दोकानहरूको ट्रेड लाइसेंस जल्दी भन्दा जल्दी रद्द गरिनुपर्ने कुराको पनि दिशा निर्देश गरेको छ ।
स्मरण रहोस् कोहिमामा यस्ता खालका दोकानहरू दिन प्रतिदिन बढ्दै गएको छ ।जुन भविष्यमा खतरा हुन सक्छ ।
प्रतिक्रिया