Pura Samachar

डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा अदालतले खारेज गर्‍यो

प्रकाशित: May 7, 2022
पूरा समाचार

डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा अदालतले खारेज गर्‍यो

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् ।

अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले ट्विटरविरुद्धको पहिलो संशोधन दाबीलाई उचित रूपमा आरोप लगाउँदैन ।’

सेवाका सर्तहरूले ट्विटरलाई कुनै कारण कुनै अकाउन्ट वा सामग्रीको सन्दर्भमा उपयुक्त कार्य गर्न अनुबन्धात्मक अनुमति दिएको फैसलामा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया