
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या एक सय ९५ पुगेको छ ।
यो साता बेलायतमा र युनाइटेड अरब इमिरेटस् (यूएई) मा तीन जनाको मृत्यु भएसँगै विदशेमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या एक सय ९५ पुगेको हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले पछिल्लो समयमा युएईमा दुई र बेलायतमा एक जनाको मृत्यु भएसँगै विदशेमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या एक सय ९५ पुगेको पुष्टि गरेको छ ।
समितिले शनिबार बेलुकीसम्म विभिन्न १६ मुलुकमा एक सय ९५ जना नेपालीहरुको मृत्यु भएको हो ।
समितिले विदेशमा मात्र ३४ हजार सात सय एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । समितिका अनुसार अहिलेसम्म ३२ हजार पाँच सय ११ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।
प्रतिक्रिया