
झापा – विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुला पक्राउ गरेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर ४ बस्ने २८ वर्षीय डेबिट चौधरी रहेका छन् । मेचीनगर १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा डेबिटले दाइजोमा मोटरसाइकल नदिएको भनी विवाद गरेका थिए ।
डेबिटलाई बेहुलीको बुवा पुष्पलालले विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भैरहेको बताइएको छ ।
प्रतिक्रिया