Pura Samachar

ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? :सभापति शेरबहादुर देउवा

प्रकाशित: May 7, 2022
पूरा समाचार

ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? :सभापति शेरबहादुर देउवा

बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको बताउनुभएकाे छ।

बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताउनुभयाे ।

‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ देउवाले भन्नुभयाे, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन।’

उहाँले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनर्स्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको बताउनुभयाे ।

‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? यहाँ पनि भोलि त्यही हालत होला,’ देउवाले भन्नुभयाे ।

प्रतिक्रिया