Pura Samachar

सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दै

प्रकाशित: May 8, 2022
पूरा समाचार

सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दै

काठमाडौं- सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ। चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

पोखराको सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ। गठबन्धनले यसअघि भरतपुर, काठमाडौं, लुम्बिनी र जनकपुरमा चुनावीसभा गरिरहेको छ।

पोखराको सभा सकेर कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम छ। दाङमा दिउँसो २ बजेका लागि सभा समय तोकिएको छ।

प्रतिक्रिया