
चितवन । चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालका अनुसार चितवनका २९ जना र अन्य जिल्लाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाले गएराति सार्वजनिक गरेको विवरणअनुसार भरतपुर महानगरपालिकाका २७ जना र खैरहनी नगरपालिकाका २ जना छन् ।
संक्रमित अन्य जिल्लाका मध्ये तनहुँका दुईजना, झापाका दुईजना, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १-१ जना गरी १० जना संक्रमित भएका छन् । ४७२ जनाको नमुना परीक्षण गरिएको मध्ये ४२९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिक्रिया