Pura Samachar

नेपालले आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै

प्रकाशित: May 9, 2022
पूरा समाचार

नेपालले आज  जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो  ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ ।

तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको  छ ।

पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।

प्रतिक्रिया