Pura Samachar

मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

प्रकाशित: May 9, 2022
पूरा समाचार

मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

कैलालीको भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् ।

गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो ।

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया