Pura Samachar

आज सुन चाँदीको भाउ घटयाे

प्रकाशित: May 10, 2022
पूरा समाचार

आज सुन चाँदीको भाउ घटयाे

नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ ।

हिजो तोलाको ९८ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाले घटेर तोलाको ९८ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण गरिएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया