
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आइतबार १७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १८५ जना सक्रिय संक्रमित रहेका छन् ।८०१४२ जनाले खाेप लगाए ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया