Pura Samachar

अमेरिकाका हलमा रिलिज भए ३ बलिउड चलचित्र

प्रकाशित: August 30, 2020

अमेरिकाका हलमा रिलिज भए ३ बलिउड चलचित्र

एजेन्सी । कोरोना महामारीले सबैको जनजीवन प्रभावित बनेको छ । यद्यपि अब केही मुलुकको जनजीवन बिस्तारै गतिमा फर्किन थालेका छन् ।

महामारीका कारण मनोरञ्‍जन उद्योग पनि प्रभावित भएको थियो । अब सावधानी अपनाउँदै कलाकारहरु छायांकन स्थलमा फर्किन थालेका छन् ।

यसैबीच अमेरिकामा रहेका बलिउडप्रेमीहरुका लागि अमेरिकाका केही ठाँउका हलहरुले आफ्नो सेवा प्रदान गर्न थालेका छन् । अमेरिकाको रिगल भर्जिनिया सेन्टर र रिगल कन्ट्रिसाइड, भर्जिनिया मा २८ अगस्तबाट तीनवटा बलिउड चलचित्रको पुनः प्रदर्शनी सुरु भएको छ ।

जसमा रणवीर सिंह र सारा अली खानको सिम्बा, भूमि पेडनेकर र तापसी पन्‍नुको साँड कि आँख र ऋतिक रोशनको सुपर ३० रिलिज गरिएका छन् ।

यसअघि ‘सिम्बा’ अस्ट्रेलियामा रिलिज भइसकेको हो भने चलचित्र ‘सुपर ३०’ पनि नेदरल्यान्डमा रिलिज भइसकेको छ । अन्तत: अमेरिकाका दर्शकले यी चलचित्रहरु ठूलो पर्दामा हेर्न पाएका छन् । रिलायन्स इन्टरटेन्मेन्टले ट्‌विटरमा यसबारे जानकारी दिएका हुन् । (नवभारत टाइम्स)

प्रतिक्रिया