Pura Samachar

चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा गर्दै

प्रकाशित: May 12, 2022
पूरा समाचार

चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज बिहीबार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा साविक विजेता चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे  सुरु हुनेछ।

पुछारका दुई टोली आज जित निकाल्दै अंक तालिका सुधारको योजनामा रहेका छन् ।

चेन्नई ११ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ । प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि चेन्नई मुम्बईमाथि जितको खोजीमा रहेको छ ।

मुम्बई पनि चेन्नईलाई हराएर प्ले अफको सम्भावना कायम राख्न चाहन्छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।

यस अघिको भेटमा चेन्नईले मुम्बईलाई हराएको थियो । मुम्बईमै भएको खेलमा चेन्नई ३ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया