चेन्नाई सुपर किंग्सलाई ५ विकटले पराजित गर्दै मुम्बई इन्डीएन्सले आईपीएलमा तेश्रो जित दर्ता गरेको छ। मुम्बई स्थित वानखेडे स्टेडियममा चेन्नाईले दिएको ९८ रनको सामान्य लक्ष्य मुम्बईले १४.५ ओभरमा ५ विकेट क्षतिमा भेटायो।
लक्ष पछ्याउने क्रममा मुम्बईले ३३ रन बनाउदा ४ विकेट गुमायो। पाँचौ विकेटको लागि तिलक वर्माले ऋतिक शोकीनसंग ४८ रनको साझेदारी गरे। वर्माले अविजित ३४ रन बनाए। कप्तान रोहित शर्मा र ऋतिक शोकिनले समान १८ रन तथा टिम डेभिडले १६ रन बनाए। चेन्नाई बलर मुकेश चौधरीले ३ तथा सिम्रनजित सिंह र मोईन अलिले १/१ विकेट लिए।
प्रतिक्रिया