
काठमाडौ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी हुनुभएको हो । वडा नं ३ मा पनि वडाध्यक्षमा बाबुरामसहित नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । त्यस्तै रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १ हजार ८२९ मतसहित अग्रता लिनुभएको छ ।
यस्तै नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १ हजार ३ सय ६५ मत पाउनुभएको छ ।
उता कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका हर्क नारायण जोशी विजयी हुनुभएको छ । उक्त वडामा वडाध्यक्षसहित काँग्रेसको प्यानल नै विजयी भएको हो ।
वडाध्यक्ष निर्वाचित काँग्रेसका जोशीले माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतको अन्तरले पराजित गर्नुभएको हो । उहाँले ४६४ मत ल्याउनुभएको छ भने माओवादी केन्द्रका चौधरीले ३४१ मत पाउनुभएको छ ।
एमालेका उम्मेदवार जितबहादुर चौधरी २६६ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।
प्रतिक्रिया