Pura Samachar

काठमाडौंमा उपत्यकामा एक सातामा १९०१ जनामा कोरोना संक्रमण

प्रकाशित: August 30, 2020

काठमाडौंमा उपत्यकामा एक सातामा १९०१ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा एक हजार नाै सय एक कोरोना संक्रमित थपिएका छन् । गत आइतबारदेखि शनिबारसम्म काठमाडौं उपत्यकामा एक हजार नाै सय एक कोरोना संक्रमित थपिएका हुन् ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । शनिबार काठमाडौंमा एक सय ५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि शुक्रबार काठमाडौं उपत्यकामा एक सय ८६ कोरोना संक्रमित थपिएका थिए ।

शुक्रबार काठमाडौंमा ीन सय ५० जना, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना गरी चार सय १५ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै बिहीबार काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ गरी तीन सय ७७ कोरोना संक्रमित देखिएका थिए ।

गत बुधबार काठमाडौंमा दुई सय ३० जना, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी उपत्यकामा तीन सय एक कोरोना संक्रमित थपिएका थिए । त्यस्तै मंगलबार काठमाडौंमा एक सय ९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी दुई सय ३२ कोरोना संक्रमित देखिएका थिए ।

सोमबार काठमाडौंमा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी दुई सय २४ संक्रमित थपिएका थिए । आइतबार काठमाडौंमा एक सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी एक सय ६६ संक्रमित थपिएका देखिएका थिए ।

काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । भदौ १० गते निषेधाज्ञालाई भदौ १९ गते राति १२ बजेसम्मका लागि थप गरिएको थियो ।

प्रतिक्रिया